६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिभिल बैंकको बोनस सेयर र नगद लाभांश पारित

काठमाडौं–सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १०.२५ बोनस सेयर र प्रतिसेयर ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

सभाले संस्थापक सेयरधनीको तर्फबाट इच्छाराज तामाङ, अम्बिर बोगटी, प्रतापजंग पाण्डे तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेशबहादुर मल्ललाई सञ्चालक पदमा आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गरेको बैंकले जनाएको छ।

साथै, सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभिन, प्राप्ति गर्न वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायत आवश्यक सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको विज्ञप्तिमा उल्लेख छ। सिभिल बैंकले ७३ शाखामार्फत देशभर सेवा दिइरहेको छ।

 

 

प्रकाशित: २९ वैशाख २०७६ ०६:२३ आइतबार

सिभिल_बैंक वार्षिक_साधारणसभा नगद_लाभांश