१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘मितेरी ट्रस्ट ब्रिज’ बन्ने

सोलुखुम्बु– जिल्लाका दुई स्थानीय तहको सहकार्यमा ओर्लाङघाटस्थित दूधकोशी नदिमा मितेरी ट्रस्ट ब्रिज निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।

खुम्बुपासाङल्हामू गाउँपालिका र माप्य दूधकोशी गाउँपालिकाले संयुक्त रुपमा निर्माण गर्न लागेको ट्रस्ट ब्रिजको शुक्रबार जलप नेपाल प्रालिसँग निर्माण सम्झौता गरिएको हो।

सम्झौतामा माप्य दूधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति पोखरेल र निर्माण कम्पनीको तर्फबाट वरिष्ठ प्रशासकीय अधिकृत दुर्गाकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

एक वर्षभित्र (२०७७ वैशाख १२) निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको माप्य–खुम्बु मितेरी मोटरेबल ट्रस्ट ब्रिज आठ करोड ३४ लाख ८० हजार दुई सय ९९ रुपैयाँको लागतमा निर्माण गरिनेछ। सम्झौता कार्यक्रममा खुम्बुपासाङल्हामू गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाको समेत उपस्थिति रहेको थियो।

पुल निर्माणमा माप्यदूधकोशी गाउँपालिका, खुम्बुपासाङल्हामु गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारबाट विनियोजित रकम लगानी गरिनेछ। खुम्बुपासाङल्हामू क्षेत्र पुग्नका लागि अन्य कुनै मोटरेबल पुल नभएका कारण पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आशा राखिएको छ।

दूधकोशी नदिपारि पनि माप्य दूधकोशी गाउँपालिकाको वडा नं. १ जुभिङ पर्ने भएकाले दुई स्थानीय तहको सहकार्यमा मोटरेबल पुल बन्न लागेको हो। अहिले दूधकोशी नदिमा ह्युमपाइप हालेर यातायात सञ्चालन गरिएको छ। दुई गाउँपालिकाले सडक सञ्जाल विस्तारमा पनि सहकार्य गर्दै आइरहेका छन्।

प्रकाशित: १६ वैशाख २०७६ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App