१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मलेसियाबाट रेमिट सुरु

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ।

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमिट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो। यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने बैंकले जनाएको छ।

मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ।

‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, कुवेत, यूएई, भारतलगायत देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ।

प्रकाशित: ५ वैशाख २०७६ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App