२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बढ्यो व्यापार घाटा : आयात साढे नौ खर्ब , निर्यात सवा ६१ अर्ब मात्र

काठमाडौं – चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ४९ अर्ब ११ करोड वस्तु तथा सेवा नेपाल भित्रिएको छ। फागनुमसान्तसम्मको आयात गत आवको सोही अवधिको तुलनामा २३.८ प्रतिशत बढी हो।

आयात बढ्दा व्यापार घाटा पनि बढ्दै गएको छ। गएको वर्ष यो अवधिमा २२ प्रतिशत आयात बढेको थियो। आयात बढ्दै जाँदा व्यापार घाटा पनि चुलिँदै गएको छ। सो आयातमा भारतबाट भएको आयातमा २२ प्रतिशत छ भने चीनबाट ३७.८ प्रतिशत र अन्य मुलुकको २०.८ प्रतिशतले वृद्धि भएको छ।

पेट्रोलियम पदार्थ, तयारी पोशाक, एसएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ। भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको पनि आयात घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

चालु आवको यस अवधिसम्म आइपुग्दा व्यापार घाटा बढेर आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ। चालु आवको यो अवधिमा ६१ अर्ब २२ करोड रुपैयाँमात्र वस्तु तथा सेवा निर्यात भएको छ।

आयातको तुलनामा निर्यात अत्यन्त कम हुँदा व्यापार घाटा बढेको हो। चालु आवको यो अवधिमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, उनी गलैंचा, दाललगायतका वस्तुको निर्यात बढेको छ। अलैंची, जुत्ता चप्पल, प्रशोधित छाला, तयारी पोसाक, रोजिनलगायत वस्तु निर्यात घटेको छ।

प्रकाशित: ३ वैशाख २०७६ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App