काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशूली र टिमुरेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकिसिनवारी शाखा चैत २४ गते, नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशूली शाखा चैत २५ र रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरे शाखा मंगलबारबाट सञ्चालनमा ल्याएको हो। बैंकको सातै प्रदेशमा ९९ वटा शाखा, एक सय २१ एटिएम र ७६ शाखारहित एकाइबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २७ चैत्र २०७५ ०२:३३ बुधबार