६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

शेयर बजारमा सुधार : छ अङ्कको वृद्धि

काठमाडौँ –आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ। कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर  ३५ करोड २८ लाख १० हजार ७५० रूपैयाँ मूल्यमा खरीद बिक्री भए। कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा उत्पादन ४.६६ र अन्य ५.९२ विन्दुले घटेका छन्। 

यस्तै बैंकिङ १०.१५, होटल ३३.६७, विकास बैंक ६.३७, जलविद्युत् २.८७, वित्त २.०७, निर्जीवन बीमा २९.७, लघुवित्त २.२८ र जीवन बीमा २.२ विन्दुले बढेका छन्। कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको  दुई करोड २० लाख ७८ हजार ८४ रूपैयाँ मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ। यस्तै प्रभु बैंकको दुई करोड ११ लाख २० हजार ५७८ रूपैयाँ, एनएमबी बैंकको एक करोड ६३ लाख ५९ हजार ४ सय १०रूपैयाँ, नेपाल बैंक लिमिटेडको एक करोड ३१ लाख ७७ हजार ७ सय५७ रूपैयाँ, महालक्ष्मी विकास बैंकको एक करोड १९ लाख ६० हजार ४७ रूपैयाँ, एभरेष्ट बैंकको र एक करोड १३ लाख ९६ हजार ९७६ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे। 

स्टकका अनुसार महालक्षमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.४५ प्रतिशतले कमाउँदा अरुण कावेली हाइड्रो पावर ४.९५, हिमालयन पावर पार्टर ४.९२, गुडविल फाइनान्स ४.३५, सनराइज बैंकको शेयरधनीले ३.६९ प्रतिशतले कमाएका छन्। यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७, कञ्चन डेभलपमेन्ट बैंक ७.०१, किसान माइक्रोफाइनान्स ५.९८, सूर्योदय लघुवित्त वित्तीय संस्था ५.५२, शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.४५ प्रतिशतले गुमाएका छन्। (रासस)

प्रकाशित: १८ चैत्र २०७५ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App