६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकको २१.०५३ प्रतिशत लाभांश पारित

काठमाडौं– कृषि विकास बैंक लिमिटेडको प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार सम्पन्न बैंकको १२औं वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १५.०५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साथै, सभाले बैंकको सञ्चालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीको तर्फबाट तीनजना सञ्चालक सदस्य निर्वाचित गरेको छ। सञ्चालक सदस्यमा संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोदकुमार गुरागाईं आगामी चारवर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ। उक्त सभा बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालको अध्यक्षतामा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सम्पन्न भएको थियो। नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको बैंकले हाल दुई सय ७१ वटा शाखाबाट आधुनिक बैंकिङ सेवा दिँदै आएको जनाएको छ।

 

प्रकाशित: १७ चैत्र २०७५ ०६:३३ आइतबार

कृषि_विकास_बैंक लाभांश