२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

स्विच अनले देशभर सञ्जाल फैलाउँदै

काठमाडौं– स्विच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानको खुद्रा सोरुम हो। यसले ग्राहकलाई एउटै छानामुनि घरायसी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।

स्विच अनका आउटलेटमा विश्वका उत्कृष्ट ब्रान्ड सामसङ, हिमस्टार, बजाज, टाइमेक्स, इन्डो एसियन, ओस्रम, अहुजा, ग्यालेन्ज, प्रोलिंक, हन्टकी, लगायत ब्रान्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एलइडी लाइट्स, घडी तथा अन्य इलेक्ट्रोनिक्स सामान बिक्री वितरण गर्दै आएको छ। काठमाडौंको नक्साल नारायणचौरपस्थित मुख्य कार्यालय रहेको स्विच अनको हालसम्म देशभरका विभिन्न सहरमा गरी २० वटा सोरुम सञ्चालनमा आइसकेका छन् भने अन्य सहरमा पनि विस्तार गर्ने क्रममा छ।

यसले व्यवसायप्रति रुचि भएका नवउद्यमीलाई अवसर प्रदान गर्नुका साथै आत्मनिर्भर बनाउन मद्दत गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। स्विच अनको मुख्य उद्देश्य व्यक्तिगत तथा संस्थागत उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तर र श्रेणीको उत्पादन उपलब्ध गराउनु रहेको जनाएको छ। 

 

प्रकाशित: १३ चैत्र २०७५ ०४:४० बुधबार

स्विच_अन इलेक्ट्रोनिक्स