१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

एनएमबि बैंक–एनबिआई सम्झौता

काठमाडौं– एनएमबि बैंक र नेसनल बैंकिग इन्स्टिच्युटबीच वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी ढंगले विस्तार गर्नको लागि सम्झौता भएको छ।

उक्त सम्झौतामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाइल एपको संरचना र सुविधाबारे एनएमबि बैंकका कर्मचारीलाई विस्तृत जानकारी गराइनेछ। बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीलाई एनबिआई मोबाइल एपबारे  ज्ञान दिलाई आ–आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्न प्रेरित गर्ने जनाएको छ। 

 

प्रकाशित: १२ चैत्र २०७५ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App