४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घट्यो मूल्य वृद्धि, तराई सबैभन्दा सस्तो

काठमाडौ– चालु आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा तराई सबैभन्दा बढी सस्तो भएको छ।  गत वर्ष यस अवधिमा तराई सबैभन्दा महंगो थियो। सात महिनाको यस अवधिमा औसत मूल्य वृद्धि ४.४ प्रतिशत रहेपनि तराईमा ३.४ प्रतिशतमात्रै मूल्य वृद्धि रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख गरिएको छ।  यस अवधिमा पहाडमा ४.९ प्रतिशत, काठमाडौं उपत्यकमा ५.२ प्रतिशत मूल्य वृद्धि रहेको छ भने हिमाल यस अवधिमा सबैभन्दा महंगिएको छ। हिमालमा माघमा ५.३ प्रतिशत मूल्य वृद्धि रहेको छ।

गत आवको यो अवधिमा काठमाडौं उपत्यका सबैभन्दा सस्तो थियो । त्यति बेला काठमाडौं उपत्यका ४ प्रतिशत रहेको थियो।  त्यति बेला पहाडमा ५.१ प्रतिशत, हिमालमा ५.४ प्रतिशत  र तराईमा ५.६ प्रतिशत मूल्य वृद्धि रहेको थियो।

२०७२ को भूकम्प र भारतको अघोषित नाका बन्दीपछि उच्च विन्दुमा पुगेको उपभोक्ता मूल्य वृद्धि घटेको छ। चालु आवको सात महिना माघसम्म औसत मूल्य वृद्धि ४.४ प्रतिशत रहेको छ। गत वर्ष यस अवधिमा यस्तो दर ५ प्रतिशत थियो। माघ महिनामा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि घटेको छ भने गैर खाद्य तथा सेवा समूह मूल्य वृद्धि गत आवकै जति रहेको छ।

खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि दुई दशमलव पाँच प्रतिशत रहेको छ भने गैर खाद्य पदार्थ तथा सेवा समूहको मूल्य वृद्धि पाँच दशमलव आठ प्रतिशत रहेको छ। गएको आवको यहि अवधिमा खाद्य समूहको मूल्य वृद्धि चार प्रतिशत र गैर–खाद्य पदार्थको मूल्य वृद्धि पाँच दशमलव आठ प्रतिशत रहेको छ।

प्रकाशित: ३ चैत्र २०७५ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App