२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

लुम्बिनीमा पराजुली


काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले सुशीलराज पराजुलीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ।

नवनियुक्त अध्यक्ष पराजुलीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकले जनाएको छ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, कामु निर्देशक वीरेन्द्रदत्त अवस्थी, लुम्बिनी विकास बैंक सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख  कार्यकारी अधिकृत नरेशसिंह बोहरा तथा कम्पनी सचिव हरिकृष्ण सुवेदीको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App