१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सानिमा माईको वार्षिकोत्सव

काठमाडौं – सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित २२ मेगावाट क्षमताको माई जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनको चौथो वार्षिकोत्सव मनाइएको छ। माई नगरपालिका, मुसेखोप, इलामस्थित विद्युत्गृहको प्रांगणमा स्थानीय बासिन्दा तथा माई नगरपालिकाका मेयर दिपक थेवेको प्रमुख आतिथ्यमा रक्तदान एवं शुभकामना आदानप्रदान कार्यक्रम सहित वार्षिकोत्सव सम्पन्न भएको कम्पनीले जनाएको छ। 

प्रत्येक वर्ष स्थानीय बासिन्दासँग मनाउँदै आएको शुभकामना आदानप्रदान कार्यक्रम यस वर्षबाट वार्षिक उत्सवको अवसर पारेर स्थानीय बासिन्दाको उपस्थितिमा विविध कार्यक्रमसँगै मनाउन थालिएको आयोजकको भनाइ छ।

कम्यपनीले यस वर्षको वार्षिक उत्सवमा नेपाल रेडक्रस दानावारीसँग मिलेर रक्तदान कार्यक्रम पनि गरेको थियो। कार्यक्रममा कम्पनीका कर्मचारी र  स्थानीय बासिन्दाले रक्तदान गरेका थिए। 

माई जलविद्युत् आयोजनाले २०७१ फागुन १४ गते र ७ मेगावाटको माई क्यास्केड आयोजनाले २०७२ माघ २९ गतेवाट व्यावसायिक ऊत्पादनको सुरु गरेका थिए। 

सानिमा माईले आफ्ना यी आयोजनाबाहेक सानिमा हाइड्रो समूहका निर्माणाधीन अन्य तीन आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ भने दुई सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोरमा करिब ५० करोड रुपैयाँ लगानी गर्ने तयारी पनि गरिरहेको छ। 

आयोजनाको मुनाफाबाट गत आर्थिक वर्ष पाँच प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। माथिल्लो मैलुङमा २० करोड लगानी तथा नियमित साँवा भुक्तानीमा थप २० करोड तिर्न सफल उक्त कम्पनी विभिन्न आयोजनामा लगानी र सेयरधनीलाई थप प्रतिफलको सुनिश्चितता गर्दै क्रमशः सफलताको सिँढी चढिरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App