६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता

काठमाडौं – सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडबीच शैक्षिक कर्जासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका उपरथी ताराध्वज पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार बैंकले नेपाल सैनिक जंगी अड्डाद्वारा सञ्चालित ‘सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५’ कार्यान्वयनका लागि कोषको सिफारिसमा बहालवाला तथा अवकाश प्राप्त सैनिकका छोराछोरीलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अध्ययनका लागि शैक्षिक कर्जा उपलब्ध गराउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। चिकित्साशास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सोभन्दा माथिल्लो तह अध्ययनका उक्त कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:२४ बुधबार

सैनिक_कल्याणकारी_कोष प्रभु_बैंक सम्झौता