१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

फागुनमा ५ अर्ब ४० करोड खर्च

काठमाडौं– चालु आर्थिक वर्षको फागुन १२ गतेसम्म कुल पुँजीगत खर्चको २४.१६ प्रतिशतमात्र खर्च भएको छ। चालु आवको फागुन अन्त्यसम्म एक खर्ब ८८ अर्ब खर्च गरिसक्नु व्यवस्था भए पनि हालसम्म जम्मा ७६ अर्ब ६९ करोड मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

फागुन १ गतेसम्म ७१ अर्ब २९ करोड खर्च भएको थियो। संघीय संसद्को अर्थ समितिले फागुनसम्म ६० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएको थियो। सरकारले चालु आवको लागि तीन खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ।

फागुन १ मा भएको खर्चः ७१ अर्ब २९ करोड (२२.७१ प्रतिशत)
फागुन १२ सम्मको पुँजीगत खर्चः ७६ अर्ब ६९ करोड (२४.१६ प्रतिशत)
कुल पुँजीगत खर्चः तीन खर्ब १३ अर्ब ९९ करोड

स्रोतः महालेखा नियन्त्रकको कार्यालय

प्रकाशित: १३ फाल्गुन २०७५ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App