१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सात अङ्कले घट्यो शेयर बजार

काठमाडौं - धितोपत्र बजारमा साेमबार शेयरको मूल्य घटेको छ। लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव २१ विन्दुले घटेर १ हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १ दशमलव ८ विन्दुले घटेर २३४ दशमलव ३६ विन्दुमा पुगेको छ। कूल १६१ कम्पनीको ८ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए।

कारोवार भएका एघार उपसमूहमध्ये साेमबार दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ। होटल ९ दशमलव ५ र उत्पादन उपसमूह ० दशमलव २४ विन्दुले बढेको छ। यस्तै बैंकिङ ८ दशमलव ३, व्यापार ४ दशमलव ७३, विकास बैंक ११ दशमलव २४, जलविद्युत् १२ दशमलव ५३, वित्त ० दशमलव ३६, निर्जीवन बीमा १२ दशमलव ८८, अन्य ९ दशमलव ६४, लघुवित्त ६ दशमलव ७४ र जीवन बीमा १९ दशमलव ०८ विन्दुले घटेको छ।रासस 

प्रकाशित: ६ फाल्गुन २०७५ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App