काठमाडौं – नेपालको लागि हुन्डाई मोटरको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुन्डाई पुनः नेपाली बजारमा भित्र्याएको छ।
हुन्डाई मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टलको १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको एक कार्यक्रममा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको थियो। बजारको बदलिँदो मागलाई ध्यानमा राखी मोडर्न र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्याबिन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट पर्फर्मेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः नेपाली बजारमा भित्रिएको कम्पनीले जनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धकले नयाँ स्यान्ट्रो गाडीको अनावरणमा नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनः नयाँ र परिमार्जित संस्करणका साथ बजारमा भित्र्याउन सफल भएको बताए। हुन्डाई स्यान्ट्रोको अघिल्लो संस्करणले नेपालीको मन जित्न सफल भएको जारी विज्ञप्तिमा उल्लेख छ। यो नयाँ र मोडर्न स्यान्ट्रोले पनि ग्राहकको मन जित्न सफल भई उनीहरुको बदलिँदो माग पूरा गर्न सफल हुने कम्पनीले जनाएको छ।
प्रकाशित: ६ फाल्गुन २०७५ ०५:५० सोमबार