२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

फागुन पहिलो हप्ता नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं – पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचर्स ट्रेड फेयर एन्ड इभेन्टले भृकृटीमण्डपमा फागुन ३ गतेदेखि उक्त प्रदर्शनी गर्न लागेको हो।

विश्वभरका विभिन्न देशका दुई सयभन्दा बढी काष्ठकलाको ब्रान्डले प्रदर्शनीमा सहभागिता जनाउने बताइएको छ। यसका लागि एक सय २० स्टलको व्यवस्था गरिएको मिडिया स्पेस सोलुसन्सले जनाएको छ ।

प्रदर्शनीको उद्घाटन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गर्ने आयोजकको भनाइ छ। तीन दिनसम्म हुने प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्।

नेपालमा उत्पादन भइरहेको मौलिक तथा सांस्कृतिक काष्ठकलाले प्रदर्शनीमा अवसरको साथै बजार पाउने आयोजकले जनाएको छ। प्रदर्शनीले हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुग्नेछ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहनेछ। यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी चार वर्षदेखि कोसेढुंगा साबित हुँदै आएको आयोजकको भनाइ छ। तीन दिनसम्म हुने मेला फागुन ५ गते सकिनेछ।

प्रकाशित: १ फाल्गुन २०७५ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App