६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पल्सर राइड मेनिया

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक तथा उच्च मोटरसाइकल बिक्र गर्ने कम्पनी एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ।  बजाजले बिहीबार सो र्‍याली आयोजना गरेको थियो। 

पल्सर राइड मेनियामा पोखराका पल्सर राइडरले सहभागिता जनाएका थिए। उक्त राइड मेनिया पोखराबाट सुरु भएर घान्दु्रकमा पुगेर समापन भएको कम्पनीले जनाएको छ। पल्सर राइड मेनियाले १५ जना राइडरका लागि राइड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ।  
एचएच बजाजले पल्सर राइड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ। प्रत्येक महिना राइड मेनिया पोखराबाट सुरु भएर नयाँ–नयाँ गन्तव्यमा राइडर्सलाई लैजाने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ माघ २०७५ ०२:१३ बिहीबार

बजाज_मोटरसाइकल पल्सर_राइड_मेनिया पोखरा