९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

‘हुन्डी कारोबारी’माथि चार अर्बको मुद्दा'

काठमाडौं – राजस्व अनुसन्धान कार्यालय पथलैयाले हुन्डी कारोबार गरेको अभियोगमा आठजनाविरुद्ध चार अर्ब १६ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ।

कार्यालयले रामेश्वर पुर्व भन्ने रामेश्वर साह, उनकी श्रीमती मिनादेवी साह, विजय यादव, मेख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुले हुन्डीको माध्यमबाट ठूलो परिमाणमा विदेशी मुद्रा र नेपाली रुपैयाँको अन्तरदेशीय कारोबार गरेको प्रमाणित भएको राजस्व अनुसन्धान विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनीहरुले ह्वाट्सएप एप्लिकेसनको माध्यमबाट सांकेतिक शब्द र चिह्न प्रयोग गरी हुन्डी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको विभागको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानको क्रममा संकलित भौचर तथा बहीखाताबाट देखिएको चार अर्ब १५ करोड ४९ लाख ५२ हजार रुपैयाँ र रामेश्वर साहको घरबाट बरामद भएको ८३ लाख ६९ हजार रुपैयाँ तथा ६ हजार पाँच सय भारु समेत चार अर्ब १६ करोड ३३ लाख ३१ हजार रुपैयाँ बराबरको गैरकानुनी अन्तरदेशीय कारोबार गरेको पुष्टि भएको विभागको दाबी छ।

‘उनीहरुमाथि विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम उक्त बिगो कायम गरी जरिवाना र सजायको माग दाबी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। उनीहरुलाई तीन वर्षको कैद सजायसमेत माग गरिएको छ। रामेश्वर साहमाथि थप कारबाही माग गरिएको छ।

प्रकाशित: २२ माघ २०७५ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App