१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दुई हप्तामै उखु मिलले भुक्तानी लिन बोलाउँदा छक्क परे किसान

रौतहट - रौतहटमा भर्खरै सञ्चालनमा आएको एक चिनी मिलले तोकिएको समयभन्दा अगाडि नै उखु किसानलाई भुक्तानी दिने भएको छ। रौतहटको कटहरिया ९ डुमरिमा सञ्चालित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रीले किसानसँग उखु किनेको दुई सातामा भुक्तानीको प्रक्रिया थालेको छ। गत माघ ४ गतेदेखि माघ १४ गतेसम्म किनेको उखुको भुक्तानी उसले माघ २० गतेदेखि दिने भनी सूचना नै जारी गरेको छ।

उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उद्योगले किसानसित खरिद गरेको उखुको मूल्य ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भएको थियो। तर, उद्योगका सञ्चालक ओमप्रकाश जयसवालले निर्धारित समयअगावै उखुको भुक्तानी किसानलाई दिन कुनै आपत्ति नभएको बताएका छन्। माघ १४ गते किनेको उखुको मूल्य माघ २० गते नै भुक्तानी गर्ने भनी उद्योगले किसानलाई बोलाएको छ।

देशभरका चिनी उद्योगले समयमै भुक्तानी नदिइरहेको बेला उद्योलगले भने किसानलाई नागरिकताको फोटोकपी, सहति बैंक खाता नम्बर लिएर उखुको पैसा लिन बोलाएको छ । रौतहटकै गरुडामा रहेको श्रीराम सुगर मिल्सले ०७१/७२ मै किसानसँग किनेको उखुको मूल्य भुक्तानी गर्न बाँकी रहेको अवस्थामा नयाँ चिनी मिलले उखुको पैसा लिन बोलाउँदा किसान भने अचम्भित भएका छन्। 

प्रकाशित: १६ माघ २०७५ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App