५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

इँटाको मूल्यमा वृद्धि

बाँके- बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन्। कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन्। इँटाको नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने गरी वृद्धि गरिएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जियानुल खाँनले जानकारी दिए।

‘‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढिरहेको छ। इँटाका लागि नभई नहुने पत्थर कोइला, माटो, बालुवा सबैको मूल्य निकै चुलिएको छ। कर्मचारीको पारिश्रमिक पनि बढिरहेको छ’’, अध्यक्ष खाँनले भने।

उनका अनुसार रु नौदेखि रु १० सम्म मूल्य रहेको दुई नं लालपेटी र खञ्जडको मूल्य प्रतिगोटा रु ११ कायम गरिएको छ, भने अब्बल इँटा प्रतिगोटा रु १५ कायम गरिएको छ। हाल अब्बल इँटाको मूल्य रु १३ छ। 
सङ्घका कार्यालय सचिव सूर्य पौडेलका अनुसार पुसदेखि जेठसम्म इँटा उत्पादनको उपयुक्त समय मानिन्छ।

उनका अनुसार गतवर्ष प्रतिकेजी रु १६ देखि रु २२ सम्ममा पाइने कोइला यसपालि शुरुकै मूल्य रु २७ पुगेको छ। ‘‘यो मूल्य अझ बढ्न सक्छ’’, कार्यालय सचिव पौडेलले भने, “मूल्य बढेपनि कोइला भारतमै पाउन छाडेको छ। व्यवसायीले तेस्रो मुलुकबाट पत्थर ल्याउनुपर्ने बाध्यता भएकाले पनि मूल्य बढेको हो।”

बाँके जिल्लामा ५० बढी इँटा उद्योग छन्। यहाँ उत्पादन भएका उद्योग कर्णाली प्रदेश र काठमाडौँसम्म जाने गर्छ। मूल्य वृद्धिसँगै घर बनाइरहेका र घर बनाउन चाहेकाका लागि आर्थिक व्ययभार बढेको छ। रासस 
 

 

प्रकाशित: १३ माघ २०७५ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App