२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आइएमई डिजिटल र जनता बैंक नेपालबीच सम्झाैता

काठमाडौं - आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच ‘ आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार जनता बैंक नेपाल लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथसाथै जनता बैंक नेपालका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा समेत प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: १८ पुस २०७५ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App