६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

१४ अंकले घट्यो नेप्से, कारोबार ५३करोड

काठमाडौं– लगातार दुई दिन दोहोरो अंकले बढ्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज तेस्रो दिन भने दोहोरो अंकले नै घटेको छ। परिसूचक १४.६१ अंकले घटेर ११सय ६८.१७ कायम भएको नेप्सेले जनाएको छ।

परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ। हिजो ४२ करोड रुपैयाँको कारोबार भएकामा आज मंगलबार ५३ करोड २३ लाख २५ हजार ६४६ रुपैयाँको शेयर किनबेच भएको छ। आज १५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर किनबेच भएका छन्।

समूहगत परिसूचकतर्पm उत्पादन्मूलक र अन्यतर्पm बढेपनि बाँकी सबै समूह सूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूह १९२.३२ अंकले घटेको छ भने बिमा समूह ४९ले घट्यो। बैंकिङ समूह १५.६४ अंकले ओरालो लागेको छ उत्पादनमूलक ९.३ अंकले बढेको छ।

आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडका ५ करोड ९ लाख ८० हजार रुपैयाँ र एनएमबी बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएका छन्।

 

प्रकाशित: ३ पुस २०७५ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App