६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एक करोड ३६ लाख बजेट

खोटाङ – प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (मकै जोन) कार्यालय खोटाङले एक करोड ३६ लाख बराबरको कृषिसम्बन्धी कार्यक्रम गर्ने भएको छ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकासको नारा बोकेको परियोजनाले आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा एक करोड ३६ लाख ६ सय १५ रुपैयाँ बराबरको कृषि कार्यक्रम कार्यान्वयन गर्ने भएको हो।

प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाले मंगलबार दिक्तेलमा आयोजना गरेको योजना तर्जुमा गोष्ठीमा कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत ध्रुवकुमार कार्कीले विभिन्न २१ शीर्षकमा खर्च गरिने बजेट तथा कार्यक्रमबारे जानकारी दिएका छन्।

परियोजनाले क्रप कटिङका लागि नौ हजार, सहभागितात्मक व्यावसायिक उत्पादन तथा प्रशोधन प्रविधि प्रदर्शन तथा स्थलगत तालिमका लागि ६ लाख, स्थलगत प्रयोगशाला सेवा (माटो, बीउ र बाली संरक्षण सेवा)का लागि एक लाख ५० हजार विनियोजन गरिएको छ। त्यस्तै लक्षित बाली बजारीकरणका लागि अनुदान सहयोग चार लाख ६५ हजार, व्यावसायिक बीज वृद्धि कार्यक्रमका लागि ३२ हजार, समूह–सहकारी उद्यमीमार्फत जग्गा भाडा वा एकीकृत गरी मकै खेती कार्यमा सहजीकरण (१० हेक्टरमाथि)का लागि ३० लाख, पोस्ट हार्भेस्ट सेन्टर स्थापनाका लागि १० लाख बजेट विनियोजन भएको छ।

यस्तै, भकारो सुधारका लागि पाँच लाख ४ हजार, कृषक अध्ययन भ्रमणका लागि तीन लाख ५० हजार, मकै सुकाउने प्रविधि प्रदर्शनीका लागि दुई लाख, प्रमाणीकरणका लागि प्रचार–प्रसार अभियानका लागि ७५ हजार, साना सिँचाइ निर्माण तथा मर्मतका लागि २२ लाख ५० हजार, कस्टम हायरिङ सेन्टर स्थापना तथा सञ्चालनका लागि २० लाख, साना मेसिनरी औजार उपकरण अनुदानका लागि १० लाख, मकै सुकाउन सिल्पोलिङ त्रिपाल वितरणका लागि चार लाख, मेला महोत्सवका लागि ५० हजार बजेट प्राप्त भएको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (मकै जोन) कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कार्कीले जानकारी दिए।

प्रकाशित: १६ मंसिर २०७५ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App