१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

छ अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) ओरालो लाग्ने क्रम आज पनि रोकिएन। आईतबार १५ अंकले घटेको नेप्से परिसूचक आज सोमबार ६.३५ अंकले घटेर ११सय ६०.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कुल १५५ कम्पनीका ९ लाख ९१ हजार ७३० कित्ता शेयर खरिद विक्री हुँदा ३० कारोड ८४ लाख ९५ हजार रुपैयाँको कुल कारोबार भएको नेप्सेले जनाएको छ।आज वित्त समूहमा आएको झिनो सुधारबाहेक सबै समूह ओरालो लगेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ८९.३ अंकले घटेको छ भने जीवन बिमा समूह ६७.०५ अंकले ओरालो लागेको छ। त्यस्तै होटल समूह १३ अंकले घटेको छ भने बैंकिङ समूह ४.८३ अंकले खस्किएको छ।

सोमबार सबैभन्दा धेरै एनएमबी बैंकका २ करोड २७ लाख ६५ हजार रुपैयाँको शेयर किनबेच भयो भने ग्लोबल आईएमई बैंकको १ करोड ४१ लाख ८२ हजार रुपैयाँको कारोबार भए।

 

प्रकाशित: १० मंसिर २०७५ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App