५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

अनलाइन कारोबारमा सुधार माग गर्दै नेप्से कार्यालय घेराउ

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको अनलाईन काराबार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन्।

 शेयर लगानीकर्ताले आज नेप्सेको भद्रकालीस्थित कार्यालय परिसर सुधार गर्दै  अनलाइन कारोवार प्रणालीमा तत्काल सुधार ल्याउन माग गरेका हुन्र साथै व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराउनुपर्ने माग गरेका थिए । शेयर लगानीकर्ताले हाल यस क्षेत्रका ब्रोकर (दलाल) मार्फत कारोवार गर्दै आएका छन्। 

स्टक एक्सचेञ्जले गत कात्तिक २० गतेदेखि ‘नेप्से अनलाइन कारोवार प्रणाली’ सञ्चालनमा ल्याएको थियो। नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघको आह्वानमा लगानीकर्ताले पूँजी बजार सुधार तथा विस्तारका रणनीतिक काम गर्न समेत माग गरेका छन् । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोवार प्रणालीमा शुरुमा केही प्राविधिक समस्या आए पनि सुधार हँुदै गएको बताए। उनले लगानीकर्ता नयाँ प्रणालीमा अभ्यस्त भएपछि छिट्टै सम्पूर्ण लगानीकर्तालाई व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराइने जानकारी दिए। 

 

प्रकाशित: १० मंसिर २०७५ ०८:१४ सोमबार

नेपाल_स्टक_एक्सचेञ्ज_लिमिटेड अनलाईन_काराबार_प्रणाली सुधार