काठमाडौं – गरिमा विकास बैंक लिमिटेड १२ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम गरेको जनाएको छ।
बैंकले काठमाडौंस्थित केन्द्रीय कार्यालय तथा पोखरा, बुटवल, म्याग्दी, नारायणगढ, विराटनगर, इटहरी र घोराही शाखामा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमबाट चार सय ३० युनिट रगत संकलन भएको छ।
बैंकको हाल काठमाडौंमा आठ शाखासहित देशभर ६६ शाखा र १५ एटिएम सञ्चालनमा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १० मंसिर २०७५ ०४:१६ सोमबार