१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

वाइडबडी खरिद प्रकरणमा लेखा समितिको प्रश्न : २ अर्व ४० करोड कता गयो ?

आइतबार सिंहदरवारमा बसेको सार्वजनिक लेखा समितिको बैठक। तस्बिर : दिनेश गोले

काठमाडौं-  सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी खरिदबारे प्रश्न उठाएको छ। समितिको आइतबार बसेको बैठकमा समितिमा सांसदहरुले विमान खरिदबारे प्रश्न गरेका छन्। बैठकमा समितिका सभापति भरत शाहले ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरे।

'हवाई सेवामा संलग्न व्यवसायीहरुका अनुसार हवाई जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत क्रेतालाई कमिशन दिने गर्छन् भनिन्छ तर २४ अर्वको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनुपर्ने कमिशन २ अर्व ४० करोड कता गयो ?' समितिको लिखित प्रश्नमा भनिएको छ। कमिशन, अधिकतम उडान भार कटौती र मूल्याङकन गरि २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड खोटाला भएको देखिन्छ यसमा निगमको भनाई के छ ? भन्दै प्रश्न गरिएको छ।

जहाजको स्वामित्व निगममा छ या अरुसँग छ भन्दै प्रश्न समेत गरिएको छ। 'निगमले उभ्याएको विवादास्पद बिक्रेता हाईफ्लाई एक्स आयरल्याण्डले सो जहाज आफूले किनेर निगमलाई बेचेको भए प्रमाणपूर्जा पनि निगमलाई हस्तान्तरण हुनु पर्ने प्रमाण पूर्जामा बिक्रेता कम्पनी आयरल्याण्डको हाई फ्लाई एक्स र क्रेता कम्पनी नेपाल वायुसेवा निगम दुवै कम्पनीको छाप विना दुवै संस्थाका प्रतिनिधिहरुको नाम कम्प्युटर टाइप पनि नगरी हातैले लेखिएको देखिन्छ, यी दुई जहाजको स्वामित्व अरु कसैमा छ कि निगममा ? अन्य विमान खरिद र यसको प्रमाण पूर्जा मेल खान्छ?' भन्दै प्रश्न गरिएको छ।

संलग्नहरु राखेर छानविन समिति ?

वाइड बडी जहाज खरिद सन्दर्भमा मन्त्रालयबाट गठन गरिएको छनविन समितिमा खरिद पक्रियामा संलग्नलाई राखिएको समितिले भनेको छ। संलग्नहरु नै रहेको छानविन निष्पक्ष भयो भन्ने आधार के छ ? भन्दै प्रश्न समेत गरिएको छ।

'वाइड बडी जहाज खरिद सन्दर्भमा मन्त्रालयबाट छानविन समिति बनाई अनुसन्धान गरेको अवस्थामा समितिका सदस्य बायुसेवाका सञ्चालक समितिमा रहनुभएका खरिद प्रक्रियामा संलग्न महानुभावहरु नै राखेर गरेको देखियो। सो समितिमा निगम सञ्चालक समितिका सदस्य मुक्ति पाण्डे, नागरिक उड्यान प्राधिकरणका उपनिर्देशक रितेशराज पन्त, निगमकै सञ्चालक समितिका सदस्य सदस्य सचिव असोक सिग्देल, प्राधिकरणका विशेषज्ञ पाइलट बीएम अमात्य रहनुभएको देखियो। संलग्नहरु नै रहेको छानविन निष्पक्ष भयो भन्ने आधार के छ ? पर्यटन मन्त्रालयले गरेको छानविनको निष्कर्ष के आयो ?' समितिले प्रश्न गरेको छ।

 

 

 

प्रकाशित: ९ मंसिर २०७५ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App