२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं – नेपाल बैंकर्स संघले तेह्रथुमको म्याग्लुङ बजारमा वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ। एनआइसी एसिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालगायतको उपस्थिति थियो। बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहुँच स्थापित गर्न तथा राष्ट्रको उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेका सम्पूर्ण नेपालीको जीवनस्तर उकास्ने सरकारको योजनामा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: ९ मंसिर २०७५ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App