१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल बैंक ८२ वर्षमा

काठमाडौं  – नेपाल बैंक लिमिटेड ८२औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई समय सुहाउँदो प्रविधिमैत्री बनाई दुर्गम, सुगम सबै क्षेत्रमा लैजान आग्रह गरे । यस्तै, अर्थमन्त्री युवराज खतिवडाले नेपालको पहिलो बैंक विगतको कमजोर अवस्थाबाट तुलनात्मक रुपमा माथि उठन सकेकोमा खुसी व्यक्त गरे।

साथै बैंकले विभिन्न आठ स्थानमा नयाँ शाखा स्थापना गरेको जनाएको छ ।  विराटचोक (मोरङ), मंगलबारे (इलाम ), पाख्रीबास (धनकुटा), सर्लाही (पर्सा), भवानीपुर (सर्लाही), बर्दिबास (महोत्तरी), दुधौली (सिन्धुली ) आरुङ खोला (नवलपरासी) मा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

यी शाखा स्थापनासँगै ५९ जिल्लामा बैंकको सञ्जाल विस्तार भएको छ । आर्थिक वर्षमा तीन अर्ब ३९.करोड मुनाफा आर्जन गरेको यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ३८ करोड खुद मुनाफा आर्जन गरेको छ ।  यस अवधिमा ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरी ८१ अर्ब कर्जा प्रवाह गरेको जारी विज्ञप्तिमा उल्लेख छ । १९९४ साल कात्तिक ३० गते लक्ष्मी पूजाका दिन यो बैंक स्थापना भएको थियो।

प्रकाशित: २ मंसिर २०७५ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App