१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सामान्य घट्यो नेप्से

काठमाडौ– बुधबार स्थीर प्राय रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.३१ अंकले घटेर १२ सय ५.५८ कायम भएको छ। परिसूचक घटेपनि कुल कारोबार रकममा भने सुधार आएको छ।

बिहीबार १५८ कम्पनीका ८लाख २७ हजार ८५६ कित्ता शेयरहरु २३ करोड ९८ लाख ६८ हजार १४२रुपैयाँमा किनबेच भएका छन्।

आज होटल बाहेक सबै समूहका सूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूह २४.१७ अंकले घटेको छ भने लघुवित्त समूह सूचक १२.७९ अंकले घटेको छ।

बिहीबारको कारोबारमा प्रभू बैकको सबैभन्दा धेरै २ करोड ३१ लाख ८८ हजार रुपैयाँको शेयर किनबेच भएका छन्। त्यस्तै मेघा बैंकको १ करोड ४१ लाख २४ हजार रुपैयाँको शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App