१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

शेयर परिसूचक र कारोबार रकम दुवैमा बृद्धि

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक र कूल कारोबार रकम दुबैमा सुधार आएको छ।
नेप्से  ८.०९ अंकले बढेर १२सय ४९.९३ पुगेको छ भने २३ करोड २८ लाख ९० हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेजन्जले जनाएको छ।

आज १५२ कम्पनीका ८लाख ९१ हजार ६०९ कित्ता शेयरहरु किनबेच भएको छ।नेप्से संगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७३ अंंकले बढेको छ।

सबै समूहगत सूचक बढेको बुधबारको कारोबारमा सबैभन्दा धेरै होटल समूहको सूचक ७० अंकले बढेको छ भने निर्जीवन बिमा समूह ६३ अंकले बढेको छ। उता जीवन बिमा समूह २६अंकले बढेको देखिएको छ।

कारोबारमा आज पनि प्रभू बैंकको अग्रता कायमै छ। प्रभूका ३ करोड ३७ लाख १९ हजार३१० रुपैयाँको शेयर किनबेच भयो। एनआइसी एसियाका १ करोड २३ लाख रुपैयाँको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ। 

 

प्रकाशित: ७ कार्तिक २०७५ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App