२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

सर्वनाम थेटरमा ज्वेलरी प्रदर्शनी

काठमाडौं – सर्वनाम थेटरमा सधैंजसो नाटक, कलाकार तथा नाटकका पारखी भेटिन्छन्। तर, शुक्रबार ज्वेलरीका सामान किन्ने ग्राहकको चहलपहल थियो । नाटक घरको टिकट काउन्टरदेखि भित्रसम्मै विभिन्न ब्रान्डका ज्वेलरी, लेहेंगा, कुर्ता सुरुवाल र कस्मेटिक सामान बिक्रीका लागि सजाइएका थिए।

एक्जिविसन अफ बलिउड जिफ्यान स्टुरियो ज्वेलरीले उक्त मेला आयोजना गरेको हो। विशेषगरी ज्वलेरीको प्रवद्र्धनको साथै विभिन्न डिजाइनका सामान बिक्री गर्ने उद्देश्यले मेला आयोजना गरेको मेला संयोजक स्वेता रजौरियाले बताइन् । उनका अनुसार मेला आइतबारसम्म चल्नेछ।

सानो ठाउँमा मेला गर्न लागे पनि अवलोकनकर्ता र उपभोक्ता आउने उनले बताइन्। मेलामा भारत बम्बईको विभिन्न ब्रान्डका ज्वलेरी समेत प्रदर्शनीमा राखिएको छ।

मेलामा महिला उद्यमी सिद्धा शाहले पनि स्वदेशी उत्पादनका विभिन्न कपडाहरु बिक्रीका लागि राखेकी छिन् । ‘यो मेलाले महिला उद्यमीलाई ऊर्जा दिएको छ। मेरो आफ्नै पसल भएका कारण आजको मेलामा हातले बुनेको टोपी, ब्याक पर्स, झोला र ज्याकेट ल्याएको छु। हेरौं ब्यापार कस्तो हुन्छ, शाहले भनिन्, ‘कोल्टो ठाउँ छ।’

प्रकाशित: २१ आश्विन २०७५ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App