२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटी सेन्टरमा दसैं–तिहार उत्सव

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कमलपोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेन्टरमा गत शुक्रबारदेखि ‘सिटी सेन्टर सेलेब्रेसन : दसैं तथा तिहार उत्सव २०७५’ सुरु भएको छ। सम्पूर्ण घरायसी सामान पाइने नेपालकै उत्कृष्ट मलमध्येमा पर्ने सिटी सेन्टरले प्रमुख चाड दसैं, तिहार तथा छठको अवसर पारेर उक्त मेला आयोजना गरेको जनाएको हो।

दुई महिना सञ्चालन हुने मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको छ। विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सिटी सेन्टरले यसपटक पनि त्यसैको निरन्तरता स्वरुप मेला आयोजना गरेको बताएको छ।

मेलाका क्रममा दुई महिनासम्म सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र उक्त कार्यक्रममा सहभागी ग्राहकले विभिन्न उपहार जित्न सक्ने कम्पनीले जनाएको छ । मेला अवधिभर मलमा आउने सबै ग्राहक इन्टर द मल एन्ड विन योजनामा सहभागी हुन पाउने र सहभागीमध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता चयन गरी आकर्षक ग्रान्ड प्राइज दिइने कम्पनीको भनाइ छ। 

मेलामा युवापुस्ताका लोकप्रिय गायक स्वप्न सुमनको दमदार प्रस्तुति प्रत्यक्ष हेर्न पाइने, हरेक दिन विभिन्न ब्यान्डको प्रस्तुति रहने, हास्य कलाकारले स्ट्यान्ड अप कमेडी प्रस्तुत गर्ने बताइएको छ। मलले बालबालिकालाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरेको जनाएको छ। सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्नेछन्। मलमा रहेका पसलहरूले दसैं र तिहारको अवसरमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको कम्पनीको भनाइ छ।

प्रकाशित: १८ आश्विन २०७५ ०५:५८ बिहीबार

नेपाल_लाइफ_इन्स्योरेन्स