काठमाडौं – भक्तपुरको राधे राधेमा सिजी इलेक्ट्रोनिक्सले सिजी डिजिटल मल्टी ब्रान्ड सोरुम खोलेको छ ।कम्पनीले सिजीका उत्पादन सहज रुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सिजी डिजिटल मल्टी ब्रान्ड सोरुम बिस्तार गर्दै आएको र सोही क्रममा शुक्रबार राधे राधे नयाँ ठिमीमा सोरुम खोलेको जनाएको छ।
यो कम्पनीको १२औं सोरुम हो । सोरुमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका थिए । सिजीका उत्पादनमा ग्राहकले देखाएको विश्वास र चाहनाका कारणले गर्दा कम्पनीले सिजीका आउटलेट विस्तार गरिरहेको जनाएको छ।
प्रकाशित: १७ आश्विन २०७५ ०३:३५ बुधबार