१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य बृद्धि

काठमाडौ– सोमबार दोहोरो अंकको गिरावट व्यहोरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार २.६९ अंकले बढेर १२सय ४१.३६ कायम भएको छ। कुल कारोबार  भने ४५ करोड १९लाख ९३ हजार रुपैयाँको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

मंगलबार १७१ कम्पनीका २०लाख ३१ हजार ४९६ कित्ता शेयर किनबेच भएको छ। समूहगत कारोबारमा ६ समूह उकालो लागेका छन् भने ५ समूह ओरालो लागेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको १४.६२ अंकको बृद्धि भएको छ भने निर्जीवन बिमा समूह १२.१५अंकले बढेको छ। उत्पादनमूलक ५.६८अंकले घटेको छ भने जलविद्युत् समूह २.९१ अंकले घटेको छ।

आज ग्लोबल आइएमई बैंकको ३ करोड ६५लाख १३ हजार रुपैयाँको शेयर किनबेच भए भने सानिमामाई हाइड्रोको २ करोड ९० लाख रुपैयाँको खरिदविक्री भएको छ।

 

प्रकाशित: १६ आश्विन २०७५ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App