२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘पुँजी बजार विकासको नयाँ सुरुवात’

फाइल फाेटाे

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजार विकासको नयाँ सुरुवात भएको बताएका छन् । सोमबार विश्व लगानीकर्ता सप्ताहको शुभारम्भ गर्दै उनले उक्त कुरा व्यक्त गरेका हुन्।

सर्वसाधारणलाई सेयर बजारप्रति सचेतना जगाउन सोमबारदेखि नेपालमा पनि विश्व लगानीकर्ता सप्ताह सुरु भएको छ। सप्ताहको शुभारम्भमा आयोजित प्रभात फेरीमा बोल्दै बोर्डका अध्यक्ष कार्कीले पुँजी बजार आर्थिक विकासको आधार भएको र यसको विकासबिना मुलुकको विकास असम्भव रहेको बताए।

बोर्डको आयोजनामा भएको प्रभात फेरीमा बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, ब्रोकर तथा लगानीकर्ताको सहभागिता थियो। विश्व लगानीकर्ता सप्ताहको सन्दर्भमा बोर्डले सोमबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गरी लगानीकर्ता सप्ताह मनाउँदैछ।

धितोपत्र बजार नियमन निकायहरुको अन्तराष्ट्रिय संस्थाको एसोसिएट सदस्य भएपछि बोर्डले सन् २०१६ देखि उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App