२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

१ अर्ब १२ कराेडको कारोबार, २२ अंकले बढ्यो नेप्से

काठमाडौ– बाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकृषण केन्द्रित हुँदा  मंगलबार एकैदिन अर्वभन्दा बढीको शेयर कारोबार भएको छ। लामो समयपछि उछाल देखिएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबारमा रकम र परिसूचक दुवैमा उच्च बृद्धि आएको छ।

मंगलबार नेप्से परिसूचक २२.३७ अंकले बढे १२सय ८०.०५ कायम भएको छ। कुल कारोबार पनि १ अर्व १२ करोड १२ लाख ७७ हजार ३१५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।आज १७३ कम्पनीका ४४ लाख १७ हजार २३० कित्ता शेयर किनबेच भएका छन्।

समूहगत कारोबारमा अन्यबाहेक सबै समूहका सूचकमा उच्च बृद्धि भएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ६४.६५ अंकले बढेको छ भने मूख्य समूह बैंकिङ समूह २९.५२ अंकले बढेको छ।  विकास बैंकको सूचक ३७.८२ अंकले बढेको छ।

आज उच्च कारोबार हुनै सबै कम्पनी बाणिज्य बैंकहरु रहेका छन्। सबैभन्दा धेरै प्रभू बैंकको ८ करोड ५६ लाख ४४ हजार ५३३ रुपैयाँको कारोबार भएको छ भने एनआईसी एसियाको ६करोड २५ लाख रुपैयाँको शेयर किनबेच भए। इन्भेष्टमेन्ट बैंकको ५ करोड ४९ लाख रुपैयाँको शेयर खरिद विक्री भएका छन्।

प्रकाशित: ९ आश्विन २०७५ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App