६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘रासायनिक मलको आपूर्ति व्यवस्था मिलाउ’

काठमाडौ – मुलुकभर देखिको रासायनिक मलको अभाब तत्काल हटाउनको लागि संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई निर्देशन दिएको छ।

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाललाई आइतबार समितिको बैठकमा बोलाएर सहज रुपमा देशभरका किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देशन दिएको हो।

समितिको बैठमा मन्त्री खनालले मलको अभाब सुल्झाउनको लागि पहल भैरहेको बताए । समयमै रासायनिक मल आयात नहुँदा मुलुकभर अभाव भएको छ । धान गोडमेलको बेला रासायनिक मल प्रयोग गर्न नपाउँदा किसान चिन्तित छन्।

धानमा ‘टप ड्रेसिङ’ गर्न मल अभाव भएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । सरकारले किसानलाई अनुदानमा मल वितरण गर्न करिब ६ अर्ब रुपैयाँ विनियोजन गरे पनि हरेक वर्ष रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यतामा किसान छन्।

किसानलाई समयमै रासायनिक मल आपूर्ति गर्न सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडलाई जिम्मा दिने गरेको छ । कम्पनीले ७० प्रतिशत र लिमिटेडले ३० प्रतिशत अनुदानको मल बिक्री गर्छन्।

 

प्रकाशित: २५ भाद्र २०७५ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App