१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

चितवनमा ज्योति विकास बैंक

काठमाडौं – ज्योति विकास बैंकले चितवनको नारायणगढमा शाखा खोलेको छ। उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधान र  बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

हाल बैंकले ६० शाखा र २० एटिएममार्पmत सेवा उपलब्ध गराइरहेको छ। यसै आर्थिक वर्षभित्र थप ३० वटा शाखा र २७ स्थानमा एटिएम सञ्चालनमा ल्याउने तयारी गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट २० अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत १६ अर्ब रुपैयाँ लगानी गरेको विज्ञप्तिमा छ।

प्रकाशित: २४ भाद्र २०७५ ०५:४३ आइतबार

ज्योति_विकास_बैंक