२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

यामाहाले ल्यायो‘विजय यात्रा’

काठमाडौं–नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आउँदै गरेका दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ।

‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ।

त्यसैगरी, हरेक साता हुने लकी ड्रमा १ जनाले ब्रान्ड न्यु यामाहा आर ३ जित्न सक्ने अफर कम्पनीले ल्याएको छ। ‘ हामीलाई आशा छ नगद छुट र साप्ताहिक लकी ड्रले हाम्रा ग्राहकलाई रोमाञ्चित गराउनेछ,’ यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने।

नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याचकार्डमार्फत कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा यामाहा आर ३ जित्न सक्नेछन्। 

 

प्रकाशित: २० भाद्र २०७५ ०७:२२ बुधबार

यामाहा ग्राहक_योजना