४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टिभिएसको आरटिआर १६० फोरभी सार्वजनिक

काठमाडाैं – जगदम्बा मोटर्सले ‘टिभिएस आरटिआर १६० फोरभी’ मोडल नेपाली बजारमा भित्र्याएको छ। गत शनिबार भृकुटीमण्डपमा एक कार्यक्रमबीच कम्पनीले उक्त नयाँ मोडलको मोटरसाइकल सार्वजानिक गरेको हो।

आरटिआर सिरिजअन्तर्गतको यो मोटरसाइकल एक सय ६० सिसीमा रहेको कम्पनीले जनाएको छ। यसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्नेमा विश्वास कम्पनीले व्यक्त गरेको छ। ‘यो मोटरसाइकल  नेपालको लागि सबैभन्दा शक्तिशाली इन्जिन भएको एक सय ६० सिसी र बेस्ट इन क्लास मोटरसाइकल हुनेछ,’ कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक शाहील अग्रवालले भने, ‘यसमा भएको सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिङ लुकले ग्राहकलाई आकर्षित गर्नेमा विश्वस्त छु।’

टिभिएस अपाचे आरटिआर सिरिज बजारमा ल्याएको १० वर्ष नबित्दै ग्राहक वर्गमा अभूतपूर्व रुपमा सफल भएको उनले बताए। नयाँ टिभिएस आरटिआर १६० फोरभी थप प्रविधिसहित आएको उनको भनाइ छ।

जगदम्बा मोटर्स दुईपांग्रे्रे र तीनपांग्रे्रे सवारीसाधन निर्माता कम्पनी टिभिएस अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता हो। नयाँ मोटरसाइकल सार्वजनिक गर्न अयोजित कार्यक्रममा सुगम पोखरेल, एड्रिन प्रधान, रवीन तामाङ, निरन शाही, हरी महर्जन, निखिल तुलाधर, सरद शाहीलगायत कलाकारले प्रस्तुति दिएका थिए।

प्रकाशित: १२ भाद्र २०७५ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App