८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लक्ष्यभन्दा बढी राजश्व संकलन

इनरुवा – सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ। आर्थिक वर्ष २०७४–७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९.६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिए। 

गत आवमा १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले २४ करोड १२ लाख ८४ हजार राजश्व असुली गरेको छ। कार्यालयले साउनमा ५१ लाख ३७ हजार, भदौमा १ करोड ८६ लाख ५३ हजार, असोजमा २ करोड १२ लाख ६५ हजार, कात्तिकमा २ करोड ६ लाख ७३ हजार र मंसिरमा २ करोड २१ लाख ७९ हजार राजश्व संकलन गरेको थियो। 

यस्तै पुसमा २ करोड ४६ लाख ३ हजार, माघमा २ करोड ७५ लाख ४१ हजार, फागुनमा १ करोड ६७ लाख ९ हजार, चैतमा १ करोड ८५ लाख ४७ हजार र वैशाखमा २ करोड ३४ लाख ६३ हजार राजश्व संकलन गरेको थियो।   (रासस)

प्रकाशित: ८ श्रावण २०७५ ०८:०८ मंगलबार

लक्ष्यभन्दा बढी राजश्व संकलन