७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आइक्यानद्वारा सिटिजन्स पुरस्कृत

काठमाडौं– द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालले (आइक्यान) सिटिजन्स बैंकलाई पुरस्कृत गरेको छ ।
बैंकिङ क्षेत्रमा राम्रो वार्षिक प्रतिवेदन बुझाए बापत संस्थाले सिटिजन्सलाई बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०१७ द्वारा पुरस्कृत गरेको हो।

उक्त पुरस्कार आइक्यानले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई मूल्यांकन गरी दिने गर्दछ।

यसबाहेक संस्थागत सुशासन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, लेखा विवरण तथा लेखासम्बन्धी टिप्पणीका आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई पुरस्कार दिइन्छ । यसअघि पनि बैंकको वार्षिक प्रतिवेदनलाई बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०१५ बाट पुरस्कृत गरिएको बैंकले जानकारी दिएको छ ।
 

प्रकाशित: ३ श्रावण २०७५ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App