१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

खाेटाङको दिप्रुङ चुइचुम्मामा सानिमा बैंक


खोटाङ– सानीमा बैंकले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा शाखा विस्तार गरेको छ । स्थानीय तहमा बैंकिङ पहुँच वृद्धिका लागि सानिमाले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको ओख्रेमा ७१औं शाखा विस्तार गरेको हो ।

शाखाको सोमबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेश सांसद रामकुमार राई र गाउँपालिका प्रमुख भूपेन्द्र राईले संयूक्त रुपमा गरेका हुन् । स्थानीय तहमा हुने आर्थिक कारोबारलाई ध्यानमा राखेर बैंकले शाखा विस्तार गरेको हो । बैंकिङ पहुँच नपुगेका ठाउँका सर्वसाधारणलाई गाउँगाउँमा पुगेर सेवा प्रवाह गर्दै वित्तीय क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले शाखा विस्तार गरिएको सानिमा बैंकले जनाएको छ।

शाखाबाट बचत, कर्जा, निक्षेप, रेमिट्यान्स, बिमा, सेयरका लागि डिम्याट खाता, विदेशी मुद्रा सम्बन्धी कारोबार, विद्युतीय भुक्तानी लगायत सबै बैंकिङ सेवा प्रदान गरिने बैंकका शाखा प्रबन्धक बिनोद ओझाले बताए । बैंकको शाखा स्थापनापछि बैंकिङ कारोबारका लागि दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीयको भनाइ छ ।नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैंकले स्वस्थ बैंकिङ प्रतिष्पर्धाबाट आकर्षक ब्याज प्रदान गरी संकलन भएको निक्षेप रकमलाई जिल्लाका सर्वसाधारण, व्यवसायी, उद्यमीको व्यवसाय प्रवद्र्धनका लागि सुलभ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

प्रकाशित: २ श्रावण २०७५ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App