६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

करिब १० अंकले घट्यो शेयर बजार

काठमाडौं- शेयर बजार करिब १० अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २.०७ बिन्दुले घटेर २५३.९७ बिन्दुमा पुगेको छ। साेमबार कूल १५८ कम्पनीको पाँच लाख ७४ हजार ७८१ कित्ता शेयर रु १८ करोड ५१ लाख ७० हजार मूल्यमा खरिद बिक्री भएको छ। 

साेमबार दुई उपसमूहको शेयर भने बढेको छ। होटल २.२६ बिन्दु र उत्पादन समूहको शेयर १.८६ बिन्दुले बढेको छ। यस्तै बैंकिङ ८.११, विकास बैंक १०.२९, जलविद्युत् १७.१२, फाइनान्स ०.९४, बीमा ७९.७६, अन्य ३.१ र माइक्रोफाइनान्स १३.७५ बिन्दुले घटेको छ। 

प्रकाशित: ११ असार २०७५ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App