२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘आर्थिक समृद्धिका लागि पिपिपी मोडल’

काठमाडौं - आर्थिक समृद्धि र देश विकासका लागि सरकारी–निजी साझेदारी (पिपिपी) मोडललाई जोड दिनुपर्ने औंल्याइएको छ।

बुधबार दक्षता परियोजनाद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय अन्तक्र्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले देश विकास र आर्थिक समृद्धिका लागि पिपिपीको आवश्यकतामा जोड दिएका हुन् । पछिल्लो समयमा सरकारी अधिकारीले समेत देशको विकासका लागि पिपिपी मोडलको आवश्यकता रहेको बताउने गरेका छन् । तर, सरकारले त्यससम्बन्धी ऐन ल्याउन नसक्दा पिपिपी अवधारणमा खासै काम हुन सकेको छैन ।

कार्यक्रममा बोल्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपालमा पिपिपी मोडलको आवश्यकता रहे पनि त्यससम्बन्धी ऐन आउन नसक्नु विडम्बना रहेको बताए । विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्ति तयार गर्न पिपिपी मोडल उपयुक्त हुने विज्ञहरूको धारणा छ । ‘अहिलेसम्म मुलुकको कुन क्षेत्रका लागि कति जनशक्ति आवश्यक पर्छ भन्ने यकिन छैन,’ घिमिरेले भने, ‘अब भने बजारको माग र व्यक्तिको क्षमता अनुसार जनशक्ति तयार गर्ने कार्यक्रम सुरु हुनुपर्छ।’

उक्त परियोजनाले समग्र आर्थिक क्षेत्रको विकासका लागि पिपिपी मोडलमा सीपयुक्त जनशक्ति तयार गर्ने लक्ष्य लिएको छ । परियोजनाका टिम लिडर सोन कर्लीले आर्थिक क्षेत्रको विकासका लागि निजी क्षेत्रले इन्जिनको रूपमा काम गर्न सक्ने बताए । उनले संसारका थुपै्र मुलुकले पिपिपी मोडलबाट राम्रो आर्थिक प्रगति गरेको उदाहरण पेस गरे ।स्वदेशी उद्योग प्रतिष्ठान र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले गर्नुपर्ने काममा आवश्यक सीप नजान्दा औद्योगिक क्षेत्रले अपेक्षित प्रगति गर्न नसेको गुनासो व्याप्त छ ।

उद्योगी, व्यवसायीले बजारको माग अनुसार यतिखेर प्रतिस्पर्धी कामदारको चरमा अभाव रहेको बताए । नेपालमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले सीपमूलक तालिमलाई लक्षित गरी विभिन्न कार्यक्रम चलाउँदै आए पनि त्यो पर्याप्त नभएको बताइएको छ ।परिषद्का निर्देशक तथा प्राविधिक महाशाखा प्रमुख टेकबहादुर मल्लले यतिखेर दक्ष जनशक्ति तयार गर्न निजी क्षेत्रसँग कसरी अघि बढ्ने भन्ने सवाल महत्वपूर्ण भएको बताए ।

मल्लका अनुसार बजारको माग र आवश्यकता थाहा पाउन निजी क्षेत्रसँगै अघि बढ्नु अवस्था सिर्जना भएको छ । अन्तक्र्रियामा बोल्दै सरकारी, गैरसरकारी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहभागीहरूले पहिला देशको औद्योगिक क्षेत्रले र त्यसपछि अन्तर्राष्ट्रिय समुदायले पत्याउने दक्ष जनशक्ति तयार गर्न आवश्यक रहेको धारणा राखे ।

प्रकाशित: ७ असार २०७५ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App