१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकद्वरा वृक्षरोपण

काठमाडौं– विश्व वातावरण दिवसको अवसरमा एभरेस्ट बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ र पिडिएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगन्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण गरेको छ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाइएको बैंकले जनाएको छ।

‘वातावरण जोगाऊँ हरियाली बनाऔं’ नारासाथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष दिपक केसी तथा एभरेस्ट बैंकका अधिकृत तथा कर्मचारीको सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App