काठमाडौं– अन्तर्राष्ट्रिय रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ अब डिसहोमको रमाइलो टिभीमा प्रसारण हुने भएको छ । उक्त कार्यक्रम प्रायोजनको लागि डिसहोम र एडी रिलिजबीच सम्झौता भएको छ।
सम्झौतामा डिसहोमका प्रमुख कायृकारी अधिकृत सुदीप आचार्य र एडी रिलिजका मार्केटिङ म्यानेजर दिपक कोइरालाले हस्ताक्षर गरेका छन् । ‘भ्वाइस अफ नेपाल’ नेदरल्यान्डको गायन रियालिटी सो ‘द भ्वाइस’को नेपाली संस्करण हो । सो आगामी साउन पहिलो हप्तादेखि प्रसारण हुने डिसहोमले जनाएको छ ।
प्रकाशित: १८ जेष्ठ २०७५ ०२:२० शुक्रबार