१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

निर्धन उत्थान बैंकको तरकारी खेती तालिम

काठमाडौं–  निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफ्ना ३० जना ग्राहक सदस्यको सहभागितामा गत २७–२९ गतेसम्म मुगुको गमगढीमा ‘व्यावसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको छ । उक्त तालिम निर्धन र सक्षमको संयुक्त पहलमा सञ्चालन गरिएको थियो।

तालिममा दिपक पुन, कृष्णबहादुर रावल, हिमाल सुवेदीले प्रशिक्षण दिएका थिए । तालिमको उद्देश्यबारे बैंकको गमगढी शाखाका प्रमुख हिमाल सुवेदीले प्रकाश पारेका थिए ।यो बैंक देशको सातवटै प्रदेशका ७७ वटै जिल्लाको शाखा सञ्जाल रहेको नेपालको सबैभन्दा ठूलो लघुवित्त संस्था हो । बैंकले एक सय ७९ शाखा, १० क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी एक सय ९० वटा कार्यालय स्थापना गरी लघुवित्त सेवा दिइरहेको छ ।

प्रकाशित: २ जेष्ठ २०७५ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App